
जनस्वास्थ्य सरोकार, जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमण शून्यमा झरेको छ । मधेस प्रदेशको कुनै पनि जिल्लामा एक जना कोरोनाका सक्रिय संक्रमित नभएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
मधेस प्रदेशमा भएका कोरोना अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा एक जना पनि कोरोनाका संक्रमित नभएको प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभएको छ ।
मधेस प्रदेशका जिल्लाहरू कुनै बेला कोरोनाका दृष्टिकोणले हर्ट स्पर्ट बनेको बेलामा अहिले संक्रमण शून्यमा झरेको छ । मधेस प्रदेशका प्रायः जिल्लाहरूमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरे पनि स्वाबको परीक्षण गर्दा पनि नयाँ संक्रमित फेला नपर्ने गरेको प्रादेशिक प्रयोगशाला जनकपुरधामले जनाएको छ ।
संक्रमणदर शून्यमा झरेपछि सर्वसाधारण निर्धक्क भएका देखिन्छन् । अहिले कोरोनाबाट जोगिनका लागि सर्वसाधारणहरूले मास्क तथा सेनिटाइजरको प्रयोग गर्न छाडेका छन् ।
यसैगरी हाटबजारदेखि विभिन्न अवसरमा लाग्ने मेलामा भीड बढेको छ । संक्रमण नै नभएका कारणले सर्वसाधारणमा आत्मबलको विकास भएको छ । नेपाल भारतको चार ठाउँमा एन्टिजेनको परीक्षण गर्दा कोरोनाका संक्रमित फेला परेको छैनन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
