
जनस्वास्थ्य सरोकार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महतारा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो ।
वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर महताराको क्लिनिकमा जानुभएको थियो । महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिएपछि उहाँ दाँत निकाल्न राजी हुनुभयो । यद्यपि महताराले दुख्ने दाँतसहित अर्को दाँत पनि निकालिदिए । त्यसपछि महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेको कार्कीले बताउनुभयो । सोही उजुरीको आधारमा उहाँलाई पक्राउ गरिएको कार्कीेले जानकारी दिनुभयो ।
‘अनुसन्धानका क्रममा महताराले आफू चिकित्सक नभएको स्वीकार गरेका छन्,’ कार्कीले भन्नुभयो । महातारा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

