
जनस्वास्थ्य सरोकार, मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौँडामा बिहीबार आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६६ जना पत्रकारले आँखा परिक्षण गराएका छन् ।
विश्व दृष्टि दिवसको अवसरमा महासंघले जिल्लाका पत्रकारहरूलाई लक्षित गरी आँखा शिविरको आयोजना गरेको हो ।
महासंघले हेटौँडा सामुदायिक आँखा अस्पतालको समन्वयमा शिविर सञ्चालन गरेको महासङ्घका अध्यक्ष मणिराज गौतमले बताउनुभयो ।
शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परीक्षण गर्नुभएको थियो ।
अधिकांश पत्रकारहरू कम्प्युटरमा बस्ने भएकाले आँखाको समस्या थाहा पाउन महासंघले शिविर सञ्चालन गरेको अध्यक्ष गौतमले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

