जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व हात धुने दिवस २०२२ । हरेक वर्ष अक्टोवर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ । यस वर्ष ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ अक्टोवर १५ तारिखदेखि मनाउन सुरु गरिएको हो । विश्व हात धुने दिवसका अवसरमा नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार; स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्घोष सहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिएको छ ।
हातको स्वच्छता स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । हात सफा नभएका कारणले नै अनेक संक्रमणहरू भई विश्वभर कैयौं मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ ।
साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने प्रमुख उपायहरूमध्ये हातको सरसफाइ पनि एक हो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
