जनस्वास्थ्य सरोकार, काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ । उहाँ १०३ वर्षको हुनुहुन्थ्यो ।

आइतबार बिहान ७ बजेतिर ललितपुरस्थित किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।
जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो ।

जोशीको पार्थिव शरीर आज मध्यान्हदेखि दिनभरी महानगरपालिकाको प्रांगणमा राखिने भएको छ । अन्तिम श्रद्धान्जली र राष्ट्रिय सम्मानपछि पार्थिव शरीर पुनः किस्ट अस्पतालमा ल्याइने छ ।
पिता शंकरराज जोशी र माता राजकुमारी जोशीको जेठा छोराको रुपमा उनी १९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्वहालमा जन्मनुभएको थियो । जोशीले धर्तिमा माइला टेकेको ठीक १०२ वर्ष ६ महिना प्रवेश गरेकै दिन अर्थात २०७९ साल असोज ३० गते आइतबार विहानै धर्ति त्याग्नुभयो ।
अस्पतालको सघन उपचार कक्षमा उपचाररत जोशीको आइतबार विहान निधन भएको अस्पतालका मेडिकल निर्देशक प्रा.डा.सुरज बज्राचार्यले पुष्टि गर्नुभयो ।
जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि केहीदिन अघि उहाँलाई अस्पतालको डिलक्स क्याविनमा सारिएको थियो । तर उहाँलाई दिइएको एन्टिबायोटिक्सले काम नगरेपछि फेरि सघन उपचार कक्षमै लगेर थप उपचार थालिएको थियो ।
छातीमा निमोनिया संक्रमण र पिशाव थैलीमा संक्रमण देखिएपछि उहाँको उपचार भइरहेको थियो । असोज ७ गते उहाँलाई अस्पताल भर्ना गर्दा पिसावमा संक्रमण, मुटुको समस्याको साथै डेंगुको संक्रमण देखिएको थियोे ।
रगतको जाँच गर्दा उहाँमा डेंगु संक्रमण पुष्टि भएको थियो । विगत एक सातादेखि जोशीको छातीमा निमोनिया संक्रमण, मुटुको चालमा घटबढ भइरहेका थियो । मरणोपरान्त आफ्नो मृत शरीर किस्ट मेडिकल कलेज शिक्षण अस्पताललाई मेडिकल अध्ययन अध्यापनका लागि दान दिने सार्वजनिक घोषणा गरिसक्नुभएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
