
जनस्वास्थ्य सरोकार, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु गरिने भएको छ। राप्ती प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘अस्पताल मैले निरीक्षण गरेँ, सेवा विस्तार र गुणस्तरीय भएको छ । स्थापनाको पाँचौ वर्षमा आइपुग्दा अब शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालयले आवश्यक कार्य गरिरहेको छ।’
तीन सय शय्याबाट सेवा दिइरहेको प्रतिष्ठानको सेवा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै उपकुलपति डा विकास लामिछानेले अब छिटोभन्दा छिटो शैक्षिक कार्यक्रम सुरु गरिने बताए। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ डा आरपि बिच्छाले प्रतिष्ठानको समग्र विकासका लागि सहयोग गर्न आफुहरु तयार रहेको बताए। उहाँले प्रतीष्ठानको स्त्तोरन्नतिसहितको विकासमा प्रधानमन्त्रीसँग लबिङ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
