
जनस्वास्थ्य सरोकार, काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला भाइरसको संक्रमणका कारण लकडाउनको घोषणा गरिएको छ ।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार गत सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेपछि त्यस यता १९ जनाको मृत्यु भइसकेको हो । महामारी नियन्त्रणका लागि लकडाउन गरिएको युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बताउनुभएको छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई वटा जिल्लामा लकडाउनको घोषणा गरिएको हो ।
सोही स्थानको यात्रामा प्रतिबन्ध, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यु आदेश समेत जारी गरिएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले युगाण्डामा इबोला संक्रमण तीब्र रुपमा फैलिएको बताउदै सचेत रहन त्यहाँको सरकारलाई निर्देशन दिएको थियो
मध्य युगान्डाका ३ वटा जिल्लामा संक्रमण दर तीब्र रुपमा बढीरहेकाले सावधानी नअपनाएमा यसले बिकराल रुप लिने डब्ल्यूएचओले चेतावनी समेत दिएको छ । युगान्डामा सन् २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप फेरी बढेको हो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
