
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं । बाँकेमा वर्षाका कारण प्रभावित बस्तीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् ।
देशभरसहित बाँकेमा समेत लगातार परेको वर्षाका कारण प्रभावित भएका क्षेत्रहरूमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी देखिन थालेका हुन् । बेमौषमी वर्षाका कारण बाँकेका आठ वटै पालिका प्रभावित भएका थिए ।
नरैनापुर, डुडुवा र राप्ती सोनारी गाउँपालिका सहित नेपालगन्ज र कोहलपुर लगायतका पालिकाका नागरिक डुवानमा परेका बस्तीहरूमा यस्तो समस्या देखिन थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असोज महिनामा तुलनात्मक रूपमा गर्मी हुने भए पनि लगातारको वर्षाका कारण चिसो भएको र फेरि गर्मी बढेका कारण बस्तीहरूमा यस्तो समस्या देखिन थालेको छ ।
त्यस्ता समस्या भएका सम्बन्धित पालिकाका स्वास्थ्य चौकीहरूमा सबैभन्दा धेरै ज्वरोको समस्या लिएर आउने गरेको रिर्पोट प्राप्त भएको कार्यालयले जनाएको हो । यस्तै नेपालगञ्ज र कोहलपुरमा रहेका अस्पतालहरूमा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको पाइएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा श्याम विकका अनुसार यस्तो समस्या दीर्घरोग भएका महिला र पुरुष, बालबालिका तथा वृद्धवृद्धाहरूमा देखिएको छ । उहाँले मेडिकलसहित कोहलपुरका निजी मेडिकल हलहरूमा समेत बिरामीको चाप बढेको बताउनुभयो । यति मात्रै होइन पछिल्लो समय अस्पतालहरूमा डेंगुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेंगुप्रति झन् त्रसित बन्न थालेका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तहरू समेत बिरामी बढ्न थालेको बताउँछन् ।
कञ्चनपुरबाट कोहलपुरमा उपचारको लागि आएका दलबहादुर बुढा भन्नुहुन्छ–‘हामी आएको एक साता हुन लाग्यो । केहीदिन यता बिरामीहरूको चाप बढिरहेको छ । सबै हामीजस्तै पीडित रहेछन् ।’ ज्वरो आउनसाथ डेंगु परीक्षण गराउनेहरू बढेको पाइएको छ । भाइरलबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन् ।
चिकित्सहरूका अनुसार बिरामीहरूमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा। संकेत रिसालले दैनिक दुई सयदेखि तीन सय जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
