
जनस्वास्थ्य सरोकार, काठमाडौँ । युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ । यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताउनुभएको हो ।
उहाँले ट्विट गरेर सो कुराको जानकारी दिनुभएको हो । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण यहाँ नआओस् भनेर सतर्कता अपनाइएको उहाँले बताउनुभएको छ ।
मुबेन्डे यसअघि इबोलाको सङ्क्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको सङ्क्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र यहाँ सो भाइरसको सङ्क्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरू अपनाइएको उहाँले सो ट्वीटमा भन्नुभएको छ ।
यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार यहाँ ५८ जनामा इबोलाको सङ्क्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फर्किएका थिए ।
गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको सङ्क्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो सङ्क्रमण घातक रहेको छ । यस सङ्क्रमणबाट अफ्रिकी देशहरूमा हजारौँ मानिसको ज्यान लिइसकेको छ । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
