
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर डेंगु सङ्क्रमण उत्कर्षमा पुगेको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३२ हजार ४ सय ९४ जना सङ्क्रमित भएका छन् ।
बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशमा ४ हजार ३ सय ९९ जनामा संक्रमण पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाले जनाएको छ । बाग्मती, लुम्बिनी प्रदेशपछि प्रदेश नम्बर एकमा १ हजार २ सय ८२ जनामा संक्रमण भेटिएको छ ।
यस्तै, सुदूरपश्चिम १ हजार १ सय ४४, गण्डकी प्रदेशमा १ हजार ९१,मधेस प्रदेश ६ सय ८५ र कर्णाली ६ सय ४७ जनामा संक्रमण देखिएको । गएको १६ दिनको अवधिमा मात्र ११ हजार ५ सय ५७ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
यस्तै, गएको २४ घण्टामा १ हजार ७ सय भन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । साउन महिनायता ४१ हजार ७ सय ४३ जना सङ्क्रमित भइसकेका छन् । ४९ जनाको डेंगुको कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एक लाखभन्दा धेरैलाई डेंगु सङ्क्रमण भएको जनस्वास्थ्यविद्हरूको अनुमान छ । डेंगुको लक्षण भएका विरामीहरु घरघरमा भए पनि अस्पतालमा नपुग्नेको दर धेरै रहेको जनस्वास्थ्यविद्हरूको भनाई छ ।
डेंगुको प्रकोप अझै डेढ महिनासम्म रहने विज्ञहरुले जनाएको छ।डेंगु सङ्क्रमण उच्च भए पनि नियन्त्रणमा सरकारी प्रयास भने प्रभावकारी बन्न नसकेको विज्ञहरुको भनाई छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

