जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बराहीस्थित ह्याम्स हस्पिटलले निःसन्तान दम्पत्तिहरुलाई सन्तान सुख प्रदान गर्न ह्याम्स आईभिएफ केन्द्र सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले एक कार्यक्रमबीच सो केन्द्रको आज उद्घाटन गर्नुभयो ।
तिहारपछि पहिलो आईभिएफ ब्याच शुरु हुँदै गरेको यो केन्द्र नेपालको २९ औं आईभिएफ सेन्टर हो । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालनमा ल्याइएको ह्याम्स आईभिएफ केन्द्रले महिला र पुरुषहरुमा हुने निःसन्तान सम्बन्धि समस्या पहिचान गरी सामान्यदेखि आईयुआईलगायत आईभिएफ (इनभिट्रोभर्टिलाईजेसन) सम्मको सेवा उपलब्ध गराउने हस्पिटलका अध्यक्ष आर.एस. भण्डारीले बताउनुभयो ।

वरिष्ठ स्त्री तथा प्रजनन विशेषज्ञ डा. भोला रिजाल र वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ प्रा.डा. पदम राज पन्तको अगुवाईमा निःसन्तान दम्पत्तिको उपचारका लागि पूर्ण टिम र प्रविधिको व्यवस्था गरी केन्द्र सञ्चालनमा ल्याइएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतीन्द्र शर्माले अस्पतालबाट प्रदान गरिने निःसन्तान उपचार सेवा सर्वोत्कृष्ट हुने विश्वास दिलाउनुभयो ।
सो अवसरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले आईभिएफ सेन्टरहरुले पारदर्शिता, इथिकल र साइन्टिफिक प्राक्टिस अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बुवा राजेन्द्र तमाङ र आमा सन्ध्याबाट नेपालमा पहिलो टेष्टट्युव बेवी ओममणि तमाङलाई जन्म दिन सफल भएको उल्लेख गर्दै डा भोला रिजालले हालसम्म मुलुकमा रहेका २९ वटा आईभिएफ सेन्टरबाट अनुमानित ५ हजारभन्दा बढी टेष्टट्युव वेवीको जन्म दिइसकेको बताउनुभयो । सन्तान नहुनमा भगवानको दोष नभई उपचार गर्दा सम्भव हुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
