जनस्वास्थ्य सरोकार, काठमाडौं । आज राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्ती । यो दिवस कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात कागतिहारको दिन पर्दछ । जसलाई धनतेरस पनि भनिन्छ । धनतेरसका दिन भगवान् धन्वन्तरिको विशेष पूजा हुन्छ ।

धन्वन्तरिलाई आयुर्वेदको जन्मदाता एवं देवताहरूको चिकित्सक मानिन्छ । उनले विश्वभरिका वनस्पतिहरूमाथि अध्ययन गरेर तिनका राम्रा नराम्रा प्रभाव एवं गुण पत्ता लगाए । भगवान् विष्णुका २४ अवतारमध्ये धन्वन्तरी १२औं अवतार हुन् ।
यस वर्ष ‘स्वस्थ पर्यावरण र मानव स्वास्थ्यका लागि आयुर्वेद’ भन्ने नाराका साथ भव्यताका साथ देशव्यापी मनाइएको छ ।
यस अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघले स्वदेश एवं विदेशमा रहनु भएका आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी, संचारकर्मी, आयुर्वेद व्यवसायी, औषधि उत्पादक, विद्यार्थी एवं आयुर्वेद चिकित्सा पेशा संग सम्बन्धित सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ ।
विश्व स्वास्थ्य संगठनको एक स्वास्थ्य (वन हेल्थ) रणनीति बमोजिम सम्पूर्ण प्राणी एवं पर्यावरणको स्वास्थ्यलाई ध्यानमा राखिएको छ ।
यद्यपी राष्ट्रिय आरोग्य दिवसले आयुर्वेद चिकित्साको पहिचान र विस्तारमा थप योगदान दिन सकोस भन्ने शुभकामना व्यक्त गर्दछौं - संघका अध्यक्ष डा. श्यामबाबु यादवले नागरिकले चाहेको स्वास्थ्य सेवा लिन पाउने नैसर्गिक हकको सुनिश्चितताका लागि नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्दति आयुर्वेदको सर्वांगीण विकास जरुरी भएको आवश्यकता औंल्याउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
