नेभिगेशन

नेपालमा भेटियो कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक  नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो।

गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट