
जनस्वास्थ्य सरोकार, बलेवा । बागलुङमा आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम सञ्चालित छन् तर पनि अझै सुरक्षित मातृत्वको लक्ष्य पूरा भएको छैन।
पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा पनि यो अवस्था देखिएको छ। मानव विकासका सूचाङ्क राम्रो देखिए पनि गण्डकी प्रदेशमै यो समस्या छ। आर्थिक वर्ष २०७६ ०७७ मा राष्ट्रियरुपमा एक सय ३७ आमाको मृत्यु भएकोमा सोही वर्ष गण्डकी प्रदेशमा नौ जनाको मात्र मृत्यु भएको थियो। आव २०७०७८ मा पुग्दा देशभरको सङ्ख्या घटेर एक सय आठ मा झर्यो। गण्डकीमा १३ पुग्यो। गत आव भने देशभरको सङ्ख्या घटेर ८४ मा पुग्दा गण्डकीको मात्रै २१ पुगेको हो।
यो अवस्थालाई आमा सुरक्षाको दृष्टिले गम्भीररुपमा लिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। आमा र शिशु मृत्युदर घटाउन सचेतनाका कार्यक्रममा लगानी बढाउनुपर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको भनाइ छ। नियमित गर्भ परीक्षण शतप्रतिशतमा लैजान सकेमा मृत्युदर घट्ने उहाँको तर्क छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार गण्डकीमा सुरक्षित मातृत्वका सूचकाङ्क कमजोर छ। उहाँले आकस्मिक हवाई उद्धार सेवालाई संस्थागत गर्न नसक्दा पनि मातृमृत्यु बढेको बताउनुभयो।
गर्भवती भएदेखि सुत्केरी भएको ४२ दिनसम्मको मृत्युलाई मातृ मृत्युदरमा सूचीकृत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार समुदायमा हुने प्रसूतिपछि आउने समस्याले पनि मातृ मृत्युदर बढी देखिन्छ। गत वर्ष मृत्यु भएका २१ आमामध्ये १३ जना समुदायमा सुत्केरी भएका थिए। आठ अस्पतालमा सुत्केरी भएका हुन्। समुदायमा सुत्केरी भएकामध्ये छ जनाले आत्महत्या गरेको देखिएको उहाँले बताउनुभयो । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
