
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा प्रत्येक वडामा सुरक्षित प्रसूति सेवा सहित न्यून आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरिएको छ । यस्तै, प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
ज्येष्ठ तथा असक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा दिइने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । काठमाडौँको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन सञ्चालन गर्ने बताइएको छ । यस्तै आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

