जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गर्नुभएको छ ।

निर्वाचन आयोगले डा. कार्कीको उम्मेदवारी अयोग्य ठहर गर्दै शनिबार खारेज गरेपछि उहाँले सर्बोच्च अदालतमा मुद्धा दायर गर्नुभएको हो । अधिवक्ताहरूका साथ अदालत पुगेर रिट दायर गरिएको रिटमा डा. कार्कीले आफ्नो उम्मेदवारी कायम गरी अन्तरिम आदेश माग गर्नुभएको छ ।
डा. कार्की पेशाले चिकित्सक हुनुहुन्छ । नेपाल मेडिकल काउन्सिलको सदस्यसमेत रहेकी डा. कार्कीले वैठक भत्तासमेत आउने भएकाले लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्थाभित्र पर्ने भन्दै आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
