
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ ।
चिकित्सा शिक्षा आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ। आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।
आयोगले यसअघि चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिक सम्म अनलाइन फारम भर्ने म्याद तोकेको थियो। तर सोमबार अर्को सूचना जारी गर्दै फारम भर्ने म्याद आगामी ९ मंसिर अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको बताएको छ।
आयोगले अहिले स्थगन भएको परीक्षा तालिका मंसिरको दोस्रो साता प्रकाशन गरिने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

