
जनस्वास्थ्य सरोकार, हुम्ला । समयमा उपचार नपाउँदा हुम्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अदानचुली गाउँपालिका– ५ काँखे भन्ने गाउँका किसान शाहीकी श्रीमती रङ्गिता शाही रहेकी छन् । यद्यपि जन्मिएको शिशुको भने अवस्था सामान्य रहेको सोही वडाका वडाअध्यक्ष कमल बहादुर छत्यालले जानकारी दिनुभयो ।
सोमबार बिहानै बेथा लागेर दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनको लामो समयसम्म साल नझरेको र रक्तश्राव भइरहेको थियो । ‘तर गाउँ नजिकै स्वास्थ्य चौकी नभएकाले उनले उपचार पाइनन्,’ छत्यालले भन्नुभयो –‘मंगलबार बिहान उज्यालो होला र स्टेचरमा बोकेर स्वास्थ्य चौकी लैजाउँला भन्दाभन्दै उनको मृत्यु भएको सुन्नामा आएको छ ।’
छत्यालका अनुसार रङ्गिताको घरदेखि स्वास्थ्य संस्थामा पुग्न एक घण्टा भन्दा बढी समय लाग्छ । त्यो पनि डाँडाकाँडाहरू छलेर स्टेचरमा बोकेर लैजानुपर्ने वाध्यता छ । रङ्गिताको यसअघि पनि ३ वर्षकी छोरी रहेको बताउनुभयो ।
उनका अनुसार सोही ठाउँमा अघिल्लो वर्ष पनि एक महिलाको समयमा उपचार हुन नसक्दा मृत्यु भएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
