
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले डीएम/एमसीएच/एनबीएमएस- एसएस शैक्षिक कार्यक्रमहरुको अन्तिम म्याचिङको नतिजा तथा भर्ना सूची प्रकाशन गरेको छ ।
यी कार्यक्रमका लागि असोज ९ गते एकीकृत प्रवेश परीक्षा सञ्चालन गरिएको थियो।
कार्तिक ६ गतेको प्रकाशन गरेको सूचनाअनुसार आज आयोगको कार्यालयमा उपस्थित भई योग्यताक्रममा रहेका उम्मेदवारले छनौट गरेका शैक्षिक कार्यक्रम शिक्षण संस्थाका आधारमा अन्तिम म्याचिङको नतिजा प्रकाशन गरिएको आयोगले जानकारी दिएको छ।
भर्ना सूचीमा परेका उम्मेदवारले तोकिएको शर्त पालना गरी सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठानमा भोलिदेखि २० गतेसम्म कार्यालय समयभित्र भर्ना हुन आयोगले सूचित गरेको छ। आयोगका अनुसार कक्षा सञ्चालन २१ गतेदेखि हुनेछ।
झुठो विवरण पेश गरेको पाइएमा भर्ना भई अध्ययनरत अवस्थामा भए भर्ना रद्ध हुने चेतावनी आयोगले दिएको छ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
