जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ परिषदबाट लिइने नामदर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) आगामी मंसिर २४ गते हुने भएको छ।

परिषद्ले सुचना प्रकाशित गर्दै मंसिर २४ गते नामदर्ता प्रमाणपत्र परीक्षा हुने उल्लेख गरेको हो । यसरी नेशनल लाइसेन्सिङ एक्जामिनेसनमा सामेल हुने परीक्षार्थीहरु न्युनतम प्रवीणता प्रमाणपत्र तह नर्सिङ (पिसिएल) वा बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्नेछ ।
यसैगरी नेशनल लाइसेन्सिङ एक्जामिनेसन फर मिडवाइभ्स परीक्षामा सामेल हुने परीक्षार्थीहरु ब्याच्लर इन मिडवाइफरी साइन्स उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । अनलाइनबाट फारक भर्नुपर्ने छ । यही कात्तिक १२ गतेदेखि १८ गतेसम्म अनलाई फाराम बुझाउनुपर्ने उल्लेख गरिएको छ ।
परिषदका अनुसार पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ तथा ब्याचलर इन मिडवाइफफ्री साइन्स ९बिएमएस० उत्तीर्ण गरेकाहरुले लाइसेन्स परीक्षामा सहभागी हुन पाउने छन्। परीक्षाका लागि बिहीबारदेखि फारम खुला गरेको परिषद्ले जनाएको छ।

चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

