
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खाएको छ ।
ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मेल खाएको हो ।
राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि अनसनसमेत बस्नुभएको थियो । सरकारले उहाँको आवाज नसुनेपछि राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयाससमेत गर्नुभएको थियो ।
आत्मदहको प्रयास गरेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो । र, उहाँलाई उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएको थियो ।
५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमतिपश्चात राजपुतले अनसन तोड्नुभएको थियो । सहमतिअनुसार आरोपी श्रेष्ठ र बच्चाको डीएनए परीक्षण हुनुपर्ने माग राख्नुभएको थियो । आरोपित श्रेष्ठले निहारिकासँग सम्बन्ध रहे पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
