
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८७९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २८ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार २१९ नमुनाको पीसीआर परीक्षण गर्दा २६ र ६६० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार १४५ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
