
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८७९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २८ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार २१९ नमुनाको पीसीआर परीक्षण गर्दा २६ र ६६० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार १४५ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

