
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालले एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवा सुरु गरेको छ । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले आइतबारदेखि सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
स्कीन प्रिक टेष्टबाट सबै खालको एलर्जीको कारण पत्ता लाग्ने वीरका नाक, कान, घाँटी रोग विभाग प्रमुख डा. अनिता जिसीले बताउनुभयो । उहाँले एलर्जी के कारणले भयो भन्ने यस परीक्षणबाट थाहा पाइने र त्यसले उपचारमा सजिलो उल्लेख गर्नुभयो ।
उहाँका अनुसार स्कीन प्रिक टेष्ट सेवामा एक खालको सियोले छालामा घोचेर शरीमा एलर्जी गराउने तत्व पठाइन्छ । सो तत्वले तत्कालै एलर्जीको रियाक्सन देखाउछ । त्यसबाट के कारणले एलर्जी भएको हो भनेर पत्ता लाग्छ ।
हाच्छिउँ आउने, नाक चिलाउने, छालामा बिमिरा आउने, नाक बन्द हुने लक्षण एलर्जीको कारणले पनि हुने गर्छ । ‘एलर्जीको आस्थामा पनि हुन्छ । छाला र पेटमा समेत समस्या हुने भएकाले सबै समस्याको समाधानका लागि हामीले स्कीन प्रिक टेष्ट गर्दछौँ र कारण सहज ढंगले पत्ता लगाउँछौँ,’ डा. जिसीले भन्नुभयो ।
उहाँले सरकारी अस्पतालमा यो सेवा टिचिङ अस्पतालबाहेक अन्त नभएको बताउनुभयो । उहाँले केही निजी अस्पतालमा यो सेवा भएपनि अत्यन्त महङ्गो रहेको उल्लेख गर्नुभयो । ‘हामीले यो सेवा २ हजार रुपैयाँमा दिदैछौँ । बाहिर निजी अस्पतालहरुमा यस्तो सेवा लिनका लागि १० हजार रुपैयाँ सम्म तिर्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो ।
प्रमुख कार्यकारी अधिकारी डा। बस्नेतले आम सर्वसाधारणको सहज पहुँच भएको वीर अस्पतालबाट अति विशिष्ट सेवा बढाउने क्रममा यो सेवा थपिएको बताए । उनले यो सेवा सुरु गर्न अहिले जनशक्ति पर्याप्त रहेको समेत बताउनुभयो।
उहाँले वीरमा इएनटीको ओपीडी हप्ताको छ दिन चले पनि अप्रेसनका लागि तीन दिन मात्रै छुट्याइएको र यसले लामो समय पालो नपाउने अवस्था रहेको बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
