
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। केही दिनअघि डेंगुबाट संक्रमित हुनुभएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिनुभयो ।
डेंगुबाट संक्रमित थापाको यसअघि काठमाडौंका ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। मंगलबार मात्रै उहाँलाई नोवेल अस्पतालमा भर्ना गरिएको अधिकृत दाहालले जानकारी दिनुभयो ।
मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना हुनुभएको छ ।
उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

