
जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा एचआईभी संक्रमितको संख्या १२१ पुगेको छ ।
लामो समयदेखि जिल्लामा एचआईभीरएड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार संक्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआईभी संक्रमित भेटिएका छन् । ३० जना संक्रमितहरूमध्ये ११ महिला र १९ पुरुष छन् ।
गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ जनामा एचआईभीरएड्स देखिएको थियो ।
समूहका अध्यक्ष तामाङका अनुसार यो संख्या अझै बढी हुनसक्छ । उनले भने, ‘यो तथ्यांक त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता संघसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको संख्या अझै बढी रहेको अनुमान गरेका छौं । मिर्मिरेको तथ्यांकमा जिल्लामा ६ बालबालिकामा एचआईभी भेटिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

