
जनस्वास्थ्य सरोकार, कञ्चनपुर । कञ्चनपरमा अहिले पनि दैनिक दुई–तीन जनामा संक्रमण भइरहेको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा गत शनिबारदेखि दुई डेंगी संक्रमितको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ । ‘दैनिक दुईरतीन जना संक्रमित देखिइरहेका छन्,’ महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा अर्जुन भट्टले भन्नुभयो ‘संक्रमण अझै कम हुन सकेको छैन ।’
डा भट्टका अनुसार अस्पतालमा हालसम्म ६७ जना बढी डेंगी संक्रमित उपचारका लागि पुगेका छन् । तीमध्ये केही संक्रमितलाई रिफर गरिएको छ । उनीहरूको अवस्था जटिल भएकाले रिफर गरिएको उहाँले बताउनुभयो ।
दसैं र तिहारका बेला काठमाडौंलगायत भारतबाट ठूलो संख्यामा घर फर्किनेसँगै संक्रमितको संख्या पनि बढेको हो । अस्पतालमा भर्ना हुनेमध्ये अधिकांश काठमाडौंबाटै फर्किएका छन् ।
‘संक्रमित अधिकांश काठमाडौंबाट फर्केका हुन्,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताउनुभयो । उहाँका अनुसार पालिकाहरूबाट प्राप्त रिपोर्टअनुसार बाहिरबाट फर्केकाहरूमै संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कात्तिक पहिलो सातासम्म जिल्लाभरिमा २ सय २३ जनामा संक्रमण देखिएको छ । यसैगरी बेलौरी नगरपालिकाकी १६ वर्षीया किशोरीको मृत्यु भएको छ । दसैंमा संक्रमण दर बढे पनि कात्तिक सुरु भएयता संक्रमण घटेको छ । तर तिहारका लागि काठमाडौंलगायत संक्रमण बढी भएका क्षेत्रबाट र भारतबाट घर फर्किनेको संख्या बढेका कारण फेरि संक्रमण बढेको हुन सक्ने उहाँले बताउनुभयो । पछिल्लो अवस्थाबारे पालिकाहरूबाट रिपोर्ट आइनसकेको भट्टले बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
