जनस्वास्थ्य सरोकार, काठमाडौँ । दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौँमा हुने भएको छ। सम्मेलन आगामी शनिबार र आइतबार (नोभेम्वर १२ र १३ तारिख ) दुई दिन सम्म चल्ने छ । अंग प्रत्यारोण समाज नेपाल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको संयुक्त अयोजना सम्मेलन हुन लागेको हो ।
काठमाडौँको होटल एभरेष्टमा हुने सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु सहभागी हुनेछन्। यस्तै नेपालका समाजसेवी, पत्रकार कानून व्यवसायी तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका पनि सहभागिता हुने बताइएको छ।
विकासोन्मुख मुलुकहरुको लागि मृत्यु पर्यन्त अङ्गदान र प्रत्यारोपण भन्ने नारा दिईएको सम्मेलनको मुख्य उदेश्य जनचेतना अभिबृद्धि र अंङ्ग प्रत्यारोपण सम्वन्धी अनुभवको आदानप्रदान गर्नु रहेको आयोगक मध्ये एक प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
