
जनस्वास्थ्य सरोकार, सोल । दक्षिण कोरियामा बिहीबार मध्यरातीसम्म कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख ९१ हजार जनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँ गएको २४ घण्टायता ५४ हजार पाँच सय १९ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती सङ्क्रमित थपिएका हुन् ।
यहाँ कोभिड महामारी सुरु भएयता सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ ।
यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा बिहीबार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ४७ हजारमा मात्र सङ्क्रमण देखिएको थियो ।
यहाँ पछिल्लो दिनमा ४० जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार पाँच सय ७१ पुगेको बताइएको छ । रासस÷सिन्ह्वा
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
