
जनस्वास्थ्य सरोकार, काठमाडौं । हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको २ दिने सम्मेलन सम्पन्न भएको छ।
विभिन्न अस्पतालका नशा तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ, सार्कोमा शल्यचिकित्सक, कर्करोग विशेषज्ञ, प्याथोलोजिष्ट तथा रेडियोलोजिष्ट विशेषज्ञहरूसहित वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा जनिथलाल सिंहको अगुवाईमा गठन भएको मोस्क्युलोस्केलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (मोसोन) ले सम्मेलनको आयोजना गरेको हो।
यही २५ र २६ गते सम्पन्न उक्त सम्मेलनमा भारतको टाटा मेमोरियल अस्पताल तथा नेपालका हाडजोर्नी, नशा तथा मांसपेसी क्यान्सर रोगको विभिन्न विधाका २०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरू सहभागी थिए।
हाडजोर्नी, नशा तथा मांसपेसी क्यान्सर रोगको विभिन्न विधाका ज्ञान र सिप आदान प्रदान, अभिवृद्धी एवं नविनतम विकास र प्रयोगका बारेमा सुचना प्रवाह गर्नसम्मेलन आयोजना गरिएको समितिका सदस्य डा. वसन्त महर्जनले जानकारी दिनुभयो ।
क्यान्सर सम्बन्धी उपचार सेवा आम नेपाली पहुँचमा ल्याउने र सोको निमित्त आवश्यक पूर्वाधार र जनशक्ति विकासमा पहल गर्न मोसोनको स्थापना गरिएको अर्का सदस्य डा ऋषि राम पौडेलले जानकारी दिनुभयो।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

