नेपाल हेल्थ न्युज, बुढानिलकण्ठ, काठमाडौं । विश्व मधुमेह दिवसका अवसरमा धनयोगा फाउन्डेसन नेपालले काठमाडौंको बूढानिकण्ठमा रहेको रिमा सेवा समाजका बृद्धबृद्धाहरुलाई निःशुल्क मधुमेह परीक्षण, परामर्श र भोजन वितरण गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकास्थित रिमा सेवा समाजमा धनयोगा फाउन्डेसन नेपालले दि इटर्नल फाउन्डेसन, चाहना केयर र बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा कात्तिक २८ गते निःशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरका साथै भोजन वितरण कार्यक्रम सञ्चालन गरेको हो ।

शिविरमा उक्त समाजमा आश्रित ३० जना बृद्धबृद्धा तथा फरक क्षमताका व्यक्तिहरूको मधुमेहसम्बन्धी परीक्षण गरिएको थियो । शिविरमा बाल दम तथा एलर्जी विशेषज्ञ डा. महेशकुमार गौतम, चाहना केयरका डा. रूप नारायण शाह, प्रसूती गृहकी डा. इबिजा तिवारीलगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

बुढानिकलण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाको आतिथ्यतामा सम्पन्न उक्त शिविर तथा भोजन वितरण कार्यक्रममा धनयोगा फाउन्डेसन, दि इटर्नल फाउन्डेसन, चाहना केयर, रिमा सेवा समाज तथा बूढानीलकण्ठ नगरपालिका, जनस्वास्थ्य शाखाका पदाधिकारीहरूको उपस्थिति थियो । यस प्रकारको सेवाले वृद्धवृद्धाहरुको मनोवल उच्च राख्न मद्धत गर्ने धनयोगा फाउन्डेसन नेपालकी अध्यक्ष स्मृति तिवारीले जानकारी गराउनुभयो ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
