
जनस्वास्थ्य सरोकार । कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री हुन सेनले मंगलबार आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो ।
सेन जी –२० शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएको थियो । यसअघि कम्बोडियाको नोम पेन्हमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेट गर्जुभएको थियो ।
फेसबुकमा एक पोष्ट शेयर गर्दै कम्बोडियाली नेताले सोमबार राति आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको र इन्डोनेसियाका एक डाक्टरले पनि उनी कोभिड–१९ बाट संक्रमित भएको पुष्टि गरेका छन् ।
सेनले आफू कम्बोडिया फर्कन लागेको र जी–२० शिखर सम्मेलन र त्यसपछि बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० बैठकमा सहभागी नहुने बताए ।
आइतबार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो । यहाँ सेनले धेरै नेताहरूलाई भेटेका थिए ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
