
जनस्वास्थ्य सरोकार, काठमाडौं । यसवर्ष साउनयता डेंगू संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५१ हजार ४४६ र मृतकको संख्या ५८ पुगेको हो ।
अक्टोबरयता देशभर डेंगू संक्रमितको संख्या ओरालो लागेको महाशाखाको तथ्यांकले देखाउँछ । सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएकोमा अक्टोबरमा यो संख्या १४ हजार ६४६ मा झरेको थियो । नोभेम्बरका १२ दिनमा एक हजार ४३५ जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकासहित चिसो बढ्दै गएका जिल्लामा संक्रमितको संख्या घट्दै गए पनि तराईका जिल्लामा २० डिग्री सेल्सियसभन्दा बढी औसत तापक्रम रहेकाले जोखिम अझै कायमै रहेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालको भनाइ छ ।
संक्रमित लामखुट्टे एक महिनासम्म बाँच्ने भएकाले अहिले संक्रमण सारिरहेका लामखुट्टेले नोभेम्बर महिनाभर संक्रमण गराउनसक्ने भएकाले सतर्कता अपनाउन डा. दाहालको सुझाव छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

