
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं—४ बाट भारी मतान्तरका साथ बिजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गर्नुभएको हो। थापाको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।
थापाको सो क्षेत्रबाट चौथो जित हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं — बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं—४ बाट निर्वाचित हुनुभएको थियो । यसअघि थापा २०७३ सालमा स्वास्थ्यमन्त्री हुनुभएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
