
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मूलुककै सबैभन्दा बढी आयकार तिर्ने नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल उत्कृष्ट कर दाताका रुपमा सम्मानित भएको छ ।
आर्थिक बर्ष २०७८/७९ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कारदाता बनेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सम्मानित भएको हो ।
११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहबिच नोबेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरिएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार २०७८/७९ मा नोबेल मेडिकल कलेजले १७ करोड आयकर तिरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सबै संस्थालाई उछिनेको छ।
विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाता व्यक्ति र संस्थाको नाम सार्वजनिकसँगै सम्मान गर्दै आएको छ।अघिल्लो वर्ष पनि शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्था नोबल मेडिकल कलेज नै थियो । गत वर्ष यस संस्थाले २२ करोड रुपैयाँ आयकर तिरेको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
