जनस्वास्थ्य सरोकार, डडेल्धुरा । विजय निर्माण सेवा एवं विजय सप्लायर्सका सञ्चालक एवं मेडिकल क्षेत्रका युवा व्यवसायी मुरलीधर जोशी यस वर्षको उत्कृष्ट करदाताबाट सम्मानित हुनुभएको छ ।

नेपाल सरकार आन्तरिक राजस्व कार्यालय डडेल्धुराले वर्षेनी प्रदान गदै आइरहेको उत्कृष्ट करदाताको सम्मान यस वर्ष जोशीले प्राप्त गर्न सफल हुनुभएको छ ।
‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मंसिर १ देखि ७ गतेसम्म भएको ११ औं राष्ट्रिय कर दिवस २०७९ अन्तर्गत आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जोशिलाई उत्कृष्ट करदाताबाट सम्मान गरेको हो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र डडेल्धुराका प्रमुख कर अधिकृत तीर्थराज बरालद्धारा हस्ताक्षरित सम्मान पत्रमा भनिएको छ—‘आर्थिक वर्ष २०७७/०७८ मा यस कार्यालयको कार्यक्षेत्रअन्तर्गत दर्ता रहेका करदाताहरुमध्ये बझाङ जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला भएकाले यहाँलाई ११ औं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा कदर स्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ ।’

डडेल्धुराको उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।
बझाङमा जन्मिनु भएका जोशि पेशाले मेडिकल एवं औषधि व्यवसायी हुनुहुन्छ । जोशि सामुहिक भावना बोक्ने युवा व्यवसायी हुनुहुन्छ र यसमा आफ्नो सम्पूर्ण टिम हिस्सेदार रहेको बताउनुहुन्छ ।
मिहनेती, सरल तथा लगनशील स्वभावका जोशि मेडिकल क्षेत्रका युवा व्यवसायी त हुनुहुन्छ नै । यसको अलावा नयाँ पीडीका एक आदर्श पात्रका रुपमासमेत समाजमा परिचित हुनुहुन्छ । कम समयमै सफलता हाँसिल गर्ने जोशिलाई नयाँ पीडीले प्रेरणाको स्रोत मान्ने गरेका छन् । साथै जोशिको धारणा पनि ‘युवा अगाडि बढ्नुपर्छ र समाजका हरेक व्यक्तिलाई आदर र सम्मान गर्न जान्नुपर्छ’ भन्ने रहेको छ ।
आफ्नो कर्ममा सन्देहहिन भई लगनशील जोशी समाजसेवी पनि हुनुहुन्छ । ‘मिहिनेतले नै सफलताको यात्रा तय हुन्छ’ भन्ने बारे उहाँ राम्रो जानकार हुनुहुन्छ । उहाँले काममा लगनशील भएर अघि बढ्दै हरेक वर्ष जिल्लालाई सर्वाधिक कर प्रदान गर्ने सूचीमा आफ्नो नाम अग्रस्थानमा राख्न कोशिस गर्ने बताउनुभएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
