जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर—३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको छ । डा. कार्की पेशाले सर्जन हुनुहुन्छ ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई १८ हजार भन्दा बढी मतले पछि पार्दै डा. कार्की विजयी हुनुभएको हो । एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याउनुभएको छ ।
उर्जामन्त्री एवं नेकपा माओवादीकी उपमहासचिव पम्पा भुसालले ८ हजार ७ सय ६९ मत ल्याई तेस्रो हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हले हालसम्म ५ ठाउँमा विजय प्राप्त गर्न सफल भइसकेको छ जसमा काठमाडौं २ मा सोबिता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा बिराजभक्त श्रेष्ठ विजयी भइसक्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

