
जनस्वास्थ्य सरोकार, काठमाडौं । कतिपय मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा हुँदैन । यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ ।
विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने बानी हुन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ ।
तर विशेषज्ञ भने निद्रामा बोलेको कुराको कुनै अर्थ नभएको र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार भएको तर्क गर्छन् ।
निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा नभेटिने चिकित्सकको तर्क छ ।
निद्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरु बताउँछन् । बरु यसले पर्याप्त निद्रा नपुगेको चाहिँ संकेत दिन्छ ।
धेरै मानिसलाई तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्दछ ।
त्यसैले निद्रामा बरबराउने मानिसले यसबाट छुटकारा पाउन पर्याप्त सुत्नु पर्दछ । तर निन्द्रामा बोल्ने बानी कै कारण आत्तिइरहन आवश्यक छैन ।
यस्तो छ कारणहरु
एक शोधले जनाए अनुसार तीन देखि दश वर्षको आधा भन्दा बढी बालबालिका आफ्नो कुरा निद्रामै राख्ने गर्छन् । र , निद्रामै कुरा पूरा गर्छन् ।
जबकी पाँच प्रतिशत ठूला व्यक्तिमात्र निद्रामा बरबराउने गर्छन् । यो समस्या कहिलेकाही वा नियमित रुपमा पनि हुनसक्छ भने पुरुषको तुलनामा महिलाहरु निद्रामा धेरै बरबराउने गर्छन् ।
तनावका कारण पनि बरबराउँछन्
तनावका कारण पनि मानिसहरु निद्रामै बरबराउने गर्छन् । त्यसैले, यो समस्या कम गर्न पनि मस्तिष्कलाई तनावबाट मुक्त राख्न जरुरी छ ।
आरईएम स्लीप विहेवियर डिसअर्डर
सुतेको समयमा बोल्ने, कराउने वा हात खुट्टा चलाउने डिमेन्सिया वा पार्किन्सन्स जस्ता रोगको लक्षण हुने गर्छ । यस्ता रोगलाई ‘आरईएम स्लीप विहेवियर डिसअर्डर’ पनि भन्ने गरिन्छ ।
आरईएम निद्राको त्यो चरण हो जसमा निद्रा वा सपनामा देखेको कुरा हामीलाई साचो लाग्ने गर्छ । र, हामी त्यसप्रति प्रतिक्रिया दिन थाल्छौ । यसबाहेक, विभिन्न औषधीको दुष्प्रभाव, तनाव, मानसिक समस्याका कारण पनि मानिसहरु निद्रामै बरबराउन थाल्छन् । एजेन्सी
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
