
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनले युवा पुस्तामा देखिँदै आएको गेमिङ लतको समस्या समाधान भएको दाबी गरेको छ । गेमको नियामक निकाय अन्तर्गत रहेको गेमिङ इन्डस्ट्री ग्रुप कमिटीले पछिल्लो केही महिनायता गेममा युवा पुस्तामा देखिएको लत निकै कम हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
यसका लागि चीन सरकारले केही वर्षदेखि गेममा धेरै खालको प्रतिबन्ध लगाउँदै आएको थियो । सन् २०२१ देखि बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी गेम खेल्न प्रतिबन्ध लगाएको थियो । डेटा प्रदायक कम्पनी सीएनजीसँगको सहकार्यमा भएको यो अध्ययनले ७५ प्रतिशत युवा गेमरले तीन घण्टाभन्दा कम गेम खेल्न थालेको देखाएको छ ।
यसका लागि चिनियाँ गेमिङ कम्पनी टेन्सेन्ट लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । यसअघि चीन सरकारले युवा पुस्तामाझ गेमको लतले ’एमफोबिया’, एकाग्रतामा कमी, अनिन्द्रा, मानसिक स्वास्थ्य लगायतका समस्या बढेको बताएको थियो ।
युवा पुस्तामा देखिएको यस्ता समस्यालाई कम गर्न चीन सरकारले विभिन्न कदम चालेको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
