
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ डाक्टरहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा आज हुँदैछ । आजको विशेष परीक्षामा ४५ विधाका ४७९ जना डाक्टर सहभागी हुँदैछन्।
काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुनेछ।
उहाँका अनुसार परीक्षा दुई सिफ्टमा हुँदैछ। विहान १० देखि १२ बजेसम्म विभिन्न २० विषयमा विशेषज्ञ हासिल गरेका डाक्टरहरुले परीक्षा दिदैँछन्। दिउसो साढेँ २ बजे देखि साढे ४ बजेसम्म अरु २५ विषयका विज्ञ डाक्टरहरुले परीक्षा दिदैँछन्।
काउन्सिलले हरेक वर्ष तीन पटक विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षा लिने गरेको छ। यो परीक्षा पास गरेपछि विशेषज्ञ डाक्टरको उपाधि प्राप्त गर्नेछन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

