
जनस्वास्थ्य सरोकार, काठमाडौं । अस्ट्रेलियाविरुद्धको खेलका दौरान घाइते भएका फ्रान्सका रक्षक लुकास हर्नान्डेजको घुँडाको चोटको सफल शल्यक्रिया भएको छ ।
हर्नान्डेजको क्लब बायर्न म्युनिखले बिहीबार उनको इन्सब्रकमा एन्टेरियर लिगामेन्ट क्रुज (एसीएल) को सफल शल्यक्रिया भएको पुष्टि गरेको हो ।
विश्वकपअन्तर्गत बुधबार राति साविक विजेता फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले पराजित गर्दा हर्नान्डेजले एसीएलमा चोट बोकेका थिए । यही चोटका कारण उनी विश्वकपबाट बाहिरिएका थिए ।
हर्नान्डेज चोटका कारण फ्रान्सले गुमाएको पाँचौँ खेलाडी हुन् । विश्वकप सुरु हुनुअघि चोटकै कारण पाउल पोग्बा, एन्गोलो कान्टे, करिम बेन्जेमा, क्रिस्टोफर एन्कुकु विश्वकपबाट बाहिरिएका थिए । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
