
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिवार (मंसिर १० गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।
नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो । शनिवारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ ।
नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक शनिवारको अभियान जारी राखिएको अस्पतालले जनाएको छ ।
आउने शनिवार यूरोलोजी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
