
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हिउँदे मौसमको सुरुवातसँगै जाडो छल्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्नेमात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले यी कुरामा ध्यान दिनु जरुरी छ ।
–हिटरबाट उत्पन्न हुने कार्बन मानोक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसर्थ, कोठा बन्द गरेर हिटर कहिल्यै पनि बाल्नुहुँदैन ।
–हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सँधै बन्द आवश्यक छ । राति सुत्नेवेला पूर्ण रुपमा हिटर बन्द गर्नुपर्छ ।
–नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुख्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् ।
–बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन ।
पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुख्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
