
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलोपटक यही मंसिर १२ र १३ गते डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ ।
काठमाडौंमा आयोजना हुने सो सम्मेलन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन हुन लागेको हो ।
सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशालगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएका छन् ।
सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहनेछ । डिजिटल हेल्थको सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्य नीतिले सम्बोधन गरेको विषय पनि सम्मेलनको विशेष मुद्दा हुनेछ ।
यसका साथै डिजिटल हेल्थमा नेपालका दूरदराजका जनताको सहज पहुँचको वातावरण सिर्जना गर्ने विषय पनि सम्मेलनमा मुख्य छलफलको विषय बन्ने बताइएको छ ।
कार्यक्रममा वर्ल्ड हेल्थ अर्गनाइजेसन, जर्मन सहयोग नियोग, जीआईजी, एनएसआई, तुर्किस एयरलाइन्स, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य रहेको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
