
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले नेपालमा उत्पादन र पैठारी हुने झोल औषधिमा एथिलिन र डायथिलिन ग्लाइकोलको मिसावट नगर्न निर्देशन दिएको छ ।
बालबालिकाको झोल औषधिमा यस्ता रसायनले गम्भीर मिर्गौलाको समस्या निम्त्याएको र मृत्यु समेत गराएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको भन्दै विभागले यस्तो निर्देशन दिएको हो ।
नेपालमा उत्पादन हुने औषधिहरूमा पनि विभिन्न प्रकारका ग्लाइकोन र ग्लिस्रिन प्रयोग हुने भएकाले अब यस्तो समस्या आउन नदिन यस्तो सूचना जारी गरिएको विभागले जनाएको छ ।
विभगले नेपाली औषधि उत्पादन तथा पैठारीकर्ताले झोल बनावटका एथिलिन र डायथिलिन ग्लाइकोल नभएको भनी अनिवार्य यकिन गरेर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको छ ।
यस्तै, विश्व स्वास्थ्य संगठनले विषाक्त पुष्टि गरेको भारतको हरियानास्थित मेडेन फार्मास्युटिकल्सबाट उत्पादन भएका झोल औषधिहरू नेपालमा दर्ता नभएको पनि विभागले जनाएको छ ।
उक्त औषधिका कारण जाम्बियामा ६६ भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि भएपछि संगठनले सो कम्पनीका चार औषधिमा प्रतिबन्धको चेतावनी दिएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
