
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा (पिजी) का शैक्षिक कार्यक्रम अन्तर्गत एकीकृत प्रवेश परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले मंगलबार सूचना जारी पिजी का विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा सुरु हुने मितिभन्दा पाँच दिन अगावै परीक्षार्थी स्वयमले अनलाइनबाट आ—आफ्नो प्रवेश पत्र प्रिन्ट गर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ ।
परीक्षाहरूमा प्रवेश गर्न परीक्षार्थीले नागरिकताको सक्कल प्रमाणपत्र र विदेशी परीक्षार्थीले भने पासपोर्ट र अनलाइन आवेदन पेस गर्दा प्रयोग गरेको सक्कली कागजात ल्याउन सूचनामार्फत जानकारी गराइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

