
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर ३५ औँ विश्व एड्स दिवस मनाइँदै छ ।
सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परेको थियो । सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाखभन्दा बढी एचआईभी संक्रमित भइसकेका छन् । एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको मृत्यु भएको तथ्यांक छ ।
प्रत्येक वर्ष संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सीसँगै धेरै देशका सरकारले संयुक्तरूपमा एड्सविरुद्धको दिवस मनाउँदै आएका छन् । मूलतः जनचेतना जगाउँदै एचआइभी संक्रमण न्यूनीकरण गर्ने उद्देश्यका साथ वर्सेनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।
यसपालि संक्रमण दर घटाउनुसँगै संक्रमितलाई समानताको सुनिश्चितता गराउन जोड दिने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम भइरहेका छन् । दिवसको अवसमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् ।
सन् १९८८ देखि डिसेम्बर– मा यो दिवस मनाउन थालिएको हो ।
एड्स एक घातक रोग हो, जसको अहिलेसम्म उपचार विधि पत्ता लागेको छैन । असुरक्षित यौन सम्पर्कसँगै रगतको माध्यमबाट सर्ने यो रोगको रोकथामका लागि विश्वभर अनेक प्रयास भइरहेका छन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
