
जनस्वास्थ्य सरोकार, काठमाडौँ । इटालीमा पछिल्लो समयमा कोभिड-१९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ ।
यहाँको अस्पतालहरुको संस्था तथा यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले यस्तो सङ्ख्या बढेको देखाएका हुन् । ती निकायकाअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल भर्ना दर बढेको देखिएको हो ।
यहाँका मानिसहरु अस्पतालको पनि आइसियुमा भर्ना हुने गरेका छन् । यो सङ्ख्या पनि अघिल्लो हप्ताका तुलनामा नौ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अस्पतालहरुमा यसरी बृद्धि भएका सङ्क्रमितहरुमध्ये खोप नलगाएका मानिस धेरै रहेका छन् । कोभिडको खोप लगाएका व्यक्तिका तुलनामा नलगाएका मानिस धेरै अस्पताल भर्ना भएका पाइएको र यो सङ्ख्या ३० प्रतिशत रहेको छ ।
यहाँ कोभिडको खोप लगाएका नागरिकभन्दा खोप नलगाएका नागरिक अस्पताल भर्ना हुने दर ३० प्रतिशत रहेको देखिएको ती स्वास्थ्य संस्था तथा अधिकारीहरुले जनाएका छन् । एजेन्सी
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
