
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा गत साउन महिनादेखि हालसम्म डेंगुका कारण ५३ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ जना पुगेको छ । २०७९ साउनदेखि हालसम्म ६२ जनाको मृत्यु हुनुका साथै ५३ हजार ९ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नेपालमा सन् २००४ मा एक जनामा देखिएको डेंगु सन् २००६, २०१९मा उच्च विन्दुमा संक्रमित रहेको अवस्था थियो ।
तर यो बर्ष सन् २०१९ भन्दा दोब्बरले संक्रमितको संख्यामा बृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अझै पनि नेपालमा डेंगुको खतरा टरी नसकेको मन्त्रालयले जनाएको छ ।
देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनुका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । यो एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ अर्थात् २००४ मा डेंगुका बिरामी देखिएका थिए ।
नेपालमा धेरै बिरामी हुनुको प्रमुख कारण जलवायु परिवर्तन लगायत फोहोर मैला व्यवस्थापनमा ध्यान दिन नसक्नु रहेको स्वास्थ्य विज्ञहरुको ठम्याईछ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
