
जनस्वास्थ्य सरोकार, काठमाडौँ । इन्टरनेट सूचना, मनोरञ्जन र ज्ञानको भण्डार हो । तर इन्टरनेट सही सदुपयोग गर्न नसकेमा वा अत्याधिक प्रयोग गरेमा मानिसलाई यसको लत नै लाग्दछ ।
अत्याधिक इन्टरनेटको प्रयोगले प्रयोगकर्ताको एकाग्रता, सम्झना शक्ति र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पर्ने चिकित्सकहरु बताउँछन् । इन्टरनेटको प्रयोगले मस्तिष्कको संरचनामा समेत नकारात्मक प्रभाव पर्ने उनीहरुको ठम्याई छ ।
इन्टरनेटले मष्तिकको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई प्रभावित पार्दछ र बिस्तारै मानिस यसको लतमा फस्ने गर्दछन् । अधिकांश अभिभावकमा सन्तानमा भएको इन्टरनेटको लतका कारण चिन्तित छन् ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् २०१८ मा जारी निर्देश अनुसार, साढे दुई वर्ष भन्दा मुनीका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी इन्टरनेट वा स्क्रिनमा बिताउन दिन नहुने तर्क गरेको छ । यसले बालबालिकालाई बिस्तारै ‘साइबर एडिक्ट’ बनाउने विज्ञको तर्क छ ।
इन्टरनेटको लत रक्सी र चुरोटको कुलत जस्तै हुन्छ । इन्टरनेटको लत लागेकाहरूमा तनाव र निन्द्रा बढ्दै जाने चिकित्सक बताउँछन् ।
यसका साथै अधैर्य हुने, छटपटाहट, बेचैनी बढ्ने, तनाव र डिप्रेसन पनि बढाउँछ । तसर्थ धेरै समयमा इन्टरनेटमा बिताउनेहरूले समय मै सचेत हुन आवश्यक छ ।
इन्टरनेट वा स्मार्ट फोनका लतले गर्ने असर अरु मानसिक समस्यामा जस्तै एउटा मात्रै कारण यसमा भन्न सकिदैन । इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको समिश्रणले गर्दा हुन सक्छ ।
मानसिक लक्षण
-तनाव, चिन्ता तथा बेचैनी, उदासीनता ।
-निन्द्राको समस्या ।
-थकान महशुस हुनु ।
-रक्सिको दुरुपयोग बढ्नु ।
-कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने
-ध्यान केन्द्रित गर्न समस्या हुने ।
शारीरिक लक्षण
-ढाड दुख्ने ।
-टाउको दुख्ने ।
-घाँटी र गर्दन दुख्ने ।
-आँखामा समस्या ९सुख्खापन र देख्नमा समस्या० ।
-खान मन नहुने ।
-वजन वा तौल घट्ने ।
एजेन्सी
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
