
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलो अप उपचारका लागि आज चीन जानुहुने भएको छ ।
नेता पुनलाई पुरानै रोग वंशाणुगत रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लाग्नुभएको हो ।
यसअघि २०७८ मंसिरमा पनि उहाँको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो ।
चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जा मन्त्री समेत रहनुभएका उपमहासचिव पुन आज साँझ ७ः०० बजे इमिरेट्सको उडानबाट दुई, ग्वान्झाओ हुँदै सेनजेन जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत परामर्श गरिसक्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
